कर्मचारीको तलब लगायतमा थप खर्चका लागि अर्थले दियो अख्तियारी
१२ असार २०८१, बुधबार १६:००
काठमाडौं । सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक लगायतमा थप रकम खर्च गर्न मातहतका निकायलाई अर्थ मन्त्रालयले अख्तियारी प्रदान गरेको छ।
गृह मन्त्रालयलगायत विभिन्न निकायबाट सामाजिक सुरक्षा भत्ता, पारिश्रमिकलगायतमा थप बजेट निकासा माग भई आएअनुसार अर्थमन्त्री वर्षमान पुनले आवश्यक निर्णय गरेका हुन् ।
जसअनुसार सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक कर्मचारी र पारिश्रमिक पदाधिकारीमा खर्च शीर्षकमा विनियोजन भएको रकममध्ये कुनै क्रियाकलापमा रकम अपुग हुने र त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी रहने अवस्थामा क्रियाकलापहरुबिचमा खर्च समायोजन गरी भुक्तानी निकासा गर्ने निर्णय भएको सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।