नेपाल फाइनान्ससहितय यी कम्पनीले गरे सर्वाधिक कारोबार
१२ असार २०८१, बुधबार १५:११
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६० को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बुधबार नेपाल फाइनान्सको १६ करोड ४६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, गूडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १३ करोड ३३ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।