११.६० अकंले घट्यो शेयर बजार, १० उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार
काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । दुई दिन हरियाली आएको शेयर बजार आज भने ओरालो लागेको हो । लगानीकर्ता अब मौद्रिक नीतिको प्रतिक्षामा छन् । मौद्रिक नीति मार्फत नीतिगत सुधार हुने आशमा लगानीकर्ता छन् । सोहि कारण अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६० अकंले घटेर २०६०.१६ बिन्दुमा बन्द भएको छ । बुधबार ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूह ०.६५ प्रतिशत, विकास बैंक समूहको १.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.९१ प्रतिशतले घटेको हो ।
यसदिन, नेपाल फाइनान्सको १६ करोड ४६ लाख रुपैयाँ, गुडबिल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।