बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ताको रुपमा व्यवस्था नगर्न जीवन बीमक संघको माग
काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति निमार्णको लागि सरोकारवालाहरुलाई सुझाव माग गरेको छ। जीवन बीमातर्फ जीवन बीमक संघले राष्ट्र बैंकमा सुझाव दिएको छ ।
जीवन बीमक संघले राष्ट्र बैंकले बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ताको रुपमा व्यवस्था गरिनु नहुने माग गरेको छ । संस्थागत र र व्यक्तिगत निक्षेपकर्ता बीचमा हुने ब्याजदरको भिन्नताले बीमा कम्पनीहरुलाई प्रभावित पारेको बिषयमा संघले ध्यानाकर्षण गराउदै सुझाव दिएको छ ।
बीमा कम्पनीहरुले बीमितमार्फत बीमाशुल्क लिएर बैंकमा जम्मा गर्ने हो । यसले बीमा कम्पनीलाई भन्दा पनि बीमितहरुलाई असर गरेको छ । अहिले कायम बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ता रुपमा नभई अन्य विकल्पको व्यवस्था गर्नुपर्छ ।
बीमा कम्पनीहरुले ८५ प्रतिशत रकम बैंकहरुमा नै राख्दै आईरहेका छन् । स –साना रकम उठाएर जोखिम रक्षावरण गर्ने बीमा कम्पनीलाई संस्थागत निक्षेपकर्ता ठानिन नहुने संघको राष्ट्र बैंकलाई सुझाव रहेको छ।