सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
१२ असार २०८१, बुधबार ०७:५४
काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडले सर्वसाधारणलाई संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको सात हजार ६४२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर संस्थापक शेयरधनीहरूले नकिनेपछि सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो । शेयर किन्न इच्छुक सर्वसाधारण तथा संस्थाहरूले १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।