सानिमा बैंकद्धारा दिर्घायु बचत खाता अन्तर्गत १० लाख बीमा दाबी भुक्तानी

१ भाद्र २०७८, मंगलवार १३:०६

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकले उक्त योजनाअन्तर्गतको दुर्घटना बीमा दाबी बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मृत्यु भएकाले उनका श्रीमति तनमाया घर्ती पुनलाई उक्त बचत योजना अन्तर्गत बीमा दाबी वापतको सो रकम प्रदान गरेको हो ।

दुर्घटनाबाट मृत्यु भएका पुनले सानिमा बैंकको अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । बैंकका अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले पुनलाई उक्त रकम बरारबको चेक हस्तान्तरण गरेको हो ।

बैंकले उक्त बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा र ५० हजार सम्मको स्वास्थ्य बीमा साथै ५ हजार सम्मको स्वास्थ्य जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*