जस्तापाता उत्पादन गर्ने हुलास स्टिलले एक वर्षमा गर्यो साढे १२ अर्बको व्यापार

११ असार २०८१, मंगलवार १८:०७

काठमाडौँ । हुलास स्टील्स इन्डस्ट्रिज लिमिटेडले एक वर्षमा साढे १२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब ४४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा भने २०.४७ प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा १५ अर्ब ६५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो । त्यस्तै, कम्पनीले सन् २०२१ मा ११ अर्ब ४७ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ८ अर्ब ५४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २००६ मै पब्लिक कम्पनीमा रुपान्तरण भएको हुलास स्टिलले चार्न्ले डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत र गोल्छा परिवारको बाँकी ५० प्रतिशत हिस्सा छ । जयश्री गोल्छाको २१ प्रतिशत, हिमान्सु गोल्छा, हितेश गोल्छा र हुलास मेटल क्राफ्टको समान ६÷६ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी अन्यसँग छ।

हुलास स्टिलले विभिन्न प्रकारका जस्तापाता उत्पादन गर्छ। कम्पनीसँग वार्षिक ४ लाख ८१ हजार टन उत्पादन क्षमता छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*