सबैको लघुवित्तको बोनस शेयर डिम्याट खातामा
१ भाद्र २०७८, मंगलवार १२:३२
काठमार्डौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको छ ।
कम्पनीको चौथो वार्षिक साधारण सभाबाट पारित भएको १०.५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता अभौतिक रुपमा कारोबार हुने ब्यवस्था भइसकेको कम्पनीले जानकारी गराएको हो ।
मिति २०७७।११।२७ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर हितग्राही खातामा जम्मा गरिएको लघुवित्तले जनाएको छ ।