अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर, बजेट महाशाखा प्रमुखमा नरेन्द्र राना

११ असार २०८१, मंगलवार १७:३०

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले मंगलबार सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयले प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् ।

सुशीला अर्याललाई समेत महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकका रुपमा तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*