आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित
११ असार २०८१, मंगलवार १४:५७
काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट (विनियोजन विधेयक) पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।
अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो ।