सावाँ र ब्याज बुझाउन ऋणीहरुलाई सञ्चय कोषको आग्रह

११ असार २०८१, मंगलवार १२:४३

काठमाडौँ । धितोमा कर्जा लिएका सञ्चयकर्ता ऋणीलाई चालू आर्थिक वर्षमा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज बुझाउन कर्मचारी सञ्चय कोषले आग्रह गरेको छ ।

कोषले विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी लिएका सञ्चयकर्ताले चालू आर्थिक वर्ष २०८०/०८१ मा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज यही असारभित्र बुझाउन भनेको हो ।

सापटीको सावाँ र ब्याजको किस्ता नियमित नतिरेमा कानुनबमोजिम असुली गरिने चेतावनीसमेत कोषले दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*