ऋण लिन जाँदा बैंकका कर्मचारीले कमिशन मागे, ठाउँको ठाउँ कारवाही गर्छौः गभर्नर अधिकारी

११ असार २०८१, मंगलवार १२:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिन जाँदा कुनै पनि बैंकका कर्मचारीहरुले कमिशन मागेको थाहा पाइएमा तत्कालै कारवाही गर्ने बताएका छन् ।

मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा बैंकका कर्मचारीहरुले कमिशन माग्ने गरेको भन्ने गुनासो सुन्ने वित्तिकै गभर्नर अधिकारीले ऋणीसँग खाता लिङ्क देखिएका कर्मचारीहरुमाथि कारवाही गरिएको बताउँदै ऋण लिँदा कुनै पनि सेवाग्राहीसँग कमिशन माग गरिएको भए तत्कालै केन्द्रीय बैंकमा सूचना दिन आह्वान गरेका छन् ।

गभर्नर अधिकारीले कुनै पनि बैंकका कर्मचारीहरुले ऋण वा अन्य बैंकका सेवा प्रवाहको क्रममा घुस वा कमिशन माग गरेको राष्ट्र बैंकमा सूचना दिन आग्रह गरेका छन् । साथै गभर्नर अधिकारीले बैंकका कर्मचारीले घुस वा कमिशन मागेको विषयमा तत्काल छानविन गर्न कार्यकारी निर्देशक गुरु गुरु प्रसाद पौडेललाई निर्देशन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*