अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने
११ असार २०८१, मंगलवार ११:२४
काठमाडौँ । अब दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौँ महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार प्रस्तुत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८१ मा महानगरले सवारी साधन कर शीर्षकमा यस्तो कर उठाउने उल्लेख गरेको हो ।
यात्रु ओसारपसार गर्ने रिक्सा बाहेकका दुई पांग्रे सवारी साधनहरु आवद्ध प्रणाली सञ्चालकबाट प्रति सवारी साधन मासिक १ सयका दरले साना सवारी साधन कर दर्ता/नविकरण गरी असुल गरिने उल्लेख छ ।
यससँगै पठाओ, इन्ड्राइभका प्रति राइडरबाट सम्बन्धित राइड सेयरिङ कम्पनीले कर तिर्नु पर्ने भएको हो ।
धेरै राम्रो कार्य, यस कार्यले महानगर सफा तथा सुन्दर बनाउनमा टेवा मिल्नेछ !
पैसा कसरी उठाउने मात्र होइन के सर हरु offline raider लाई कसरी ब्यबस्थापन गर्ने यो सबै बुझ्दिनु पर्यो monthly paid गरौंला नि raider को हक हित हुने काम के भको छ कहिले holder को न्यू मा chit kateko छ kahiley offline को new ma cheat kateko xa besbasthapan pani garau na haii sarkar