ग्लोबल आइएमई लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि अवसर

१ भाद्र २०७८, मंगलवार ११:५०

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै गं्रामिण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नका लागि विभिन्न पदमा कर्मचारी मागेको हो ।

संस्थाले विभागीय प्रमुख र प्रदेश प्रमुखमा केही सख्या, सूचना प्रविधि विभाग प्रमुखका लागि १ जना, कानुन विभाग प्रमुखका लागि १ जना, अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही र सुपरभाइजर र वरिष्ठ सहायक/सहायक/कनिष्ठ सहायक/व्यवस्थापन प्रशिक्षार्थी/प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको हो । सो पदका शैक्षिक योग्यता एसइई उर्तिण देखी स्नातकोत्तर उत्तिर्ण भएको हुनुपर्नेछ ।

योेग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको वेबसाइट  https://gilb.com.np/     मार्फत आवेदन दिनसक्नेछन् । साथै मोटरसाईकल लाईसेन्स भएको व्यक्तिलाई प्राथमिकता दिने लघुवित्तले जनाएको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

 

 

3 thoughts on “ग्लोबल आइएमई लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि अवसर

  1. भीमसेन गच्छदार says:

    ४१ बर्ष लागेकाेलायृ हून्छ की हून्न ।प्रदेश १ काे लागि

  2. Sunil pariyar says:

    कसरी भर्न सकिन्छ यो

  3. Puskar ghimire says:

    In job kavrapalanchok panuti

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*