अमर–उदय सागर जेभीसहित २२ ठेकेदार कम्पनी कालो सूचीमा

११ असार २०८१, मंगलवार ०८:०५

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालयले अमर–उदय सागर जे.भी. सहित विभिन्न २२ वटा निर्माण व्यवसायी–आपूर्तिकर्ता (ठेकेदार) कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयले ठेकेदार कम्पनीहरूलाई एक देखि दुई वर्षसम्मको लागि कालो सूचीमा राखेको हो।

कार्यालयले पाँच ठेकेदार कम्पनीहरूलाई दुई वर्षसम्म, आठ ठेकेदार कम्पनीहरूलाई एक वर्ष ६ महिनासम्म, चार ठेकेदार कम्पनीहरूलाई एक वर्ष तीन महिना र पाँच ठेकेदार कम्पनीहरूलाई एक वर्षका लागि कालो सूचीमा समावेश गरेको हो ।

सार्वजनिक खरीद ऐनअनुसार कालो सूचीमा समावेश भएका ठेकेदार कम्पनीहरूले समावेश गरिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरीद कारवाहीमा भाग लिन नसक्ने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*