हकप्रद बिक्रीका लागि हिमालय उर्जाले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोजको मिति निर्धारण गरेको छ ।
कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनार्थ असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । सोका आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीको हकप्रद निष्काशनका बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।