रोकिएको आईपिओ र हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै सेबोन, लेखासमितिको निर्देशनको सीमाभित्र रहने

११ असार २०८१, मंगलवार ०९:५७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले झण्डै आधा बर्षसम्म रोकिएको शेयर निष्काशनको प्रकृया अघि बढाउने प्रकृया सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि रिक्त अध्यक्ष पदमा नयाँ अध्यक्ष नियुक्त हुन नसक्दा आईपिओ लगायतका शेयर निष्काशन सम्बन्धी प्रक्रियाहरु अबरुद्ध भएको थियो । यस अवधीमा पाइपलाइनमा रहेको र रिभ्यूमा रहेका कुनै पनि कम्पनीको शेयर स्वीकृतीको प्रकृया अघि बढाएको छैन । करिब आधा बर्षपछि बोर्डले असार ७ गते एक पब्लिक कम्पनीको शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति दिएको छ ।

अर्थमन्त्रालयको तर्फबाट बोर्डको अध्यक्षको कायभार सम्हालिरहेका नरेन्द्र कुमार रानाको अध्यक्षतामा बसेको बैठकले पाइपलाइनमा रहेका आईपिओ तथा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिन सुरु गरेको हो । आइपिओमा भने केही मापदण्ड अनुसार मूल्यांकन भइरहेकोले नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । अब विवादमा परेका बाहेकको हकप्रद फटाफट अघि बढ्नेछ ।

सेबोनले लेखा समितिले दिएका केही निर्देशनहरुको सीमाभित्र रहेर आइपीओ र हकप्रद सम्बन्धी प्रक्रियाहरु अघि बढाउने बोर्डले जनाएको छ । हाल स्वीकृतिको प्रक्रियामा केही समय लाग्न सक्ने सोबेनको भनाई छ । लेखा समितिको निर्देशनअनुसार धितोपत्र बोर्डले मापदण्ड पुगेका र नपुगेका कम्पनीहरूलाई अलग्याएर हेरिरहेको उनले कार्यकारी निर्देशक डा. नबराज अधिकारीले बताए ।

सार्वजनिक लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्र आइपिओ जारी गर्न सक्ने व्यवस्था गर्न, यस्तो नेटवर्थ कम्पनीले पुनर्मूल्यांकन नगरेको हुनुपर्ने तथा वास्तविक हुनुपर्ने र प्रिमियममा प्राथमिक सेयर जारी नगरेर बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्ने लगायतका व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।
हाल बोर्डमा २७ अर्ब ९२ करोड रूपैयाँको आइपिओ पाईपलाइनमा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*