सरकारी कर्मचारीहको तलव निर्धारण मर्यादाक्रमका अनुसार गर्न सर्वोच्चको परमादेश

१० असार २०८१, सोमबार १७:४१

काठमाडौं।  सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलव निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले सर्वोच्चमा रिट हालेका थिए ।

आज न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेश दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*