निजि अस्पतालहरूमा स्वास्थ्य बीमाको सेवामा समस्या देखिएको स्वास्थ्य मन्त्रीको स्वीकार

१० असार २०८१, सोमबार १६:२३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले देशका निजि अस्पतालहरूमा स्वास्थ्य बीमाको सेवा बीमितहरुले उचित मात्रामा नपाएको स्वीकार गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा स्वास्थ्य मन्त्रालयको बजेटबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री यादवले निजि अस्पतालहरूमा स्वास्थ्य बीमा सेवामा बीमितलाई दुख दिने गरेको बिषय मन्त्तालयले ध्यानाकर्षण गरिरहेको र नियमनमा अघि बढ्ने बताएका छन् ।

स्वास्थ्य बीमा बोर्ड स्वायत्त निकाय हो । हामीले नियमनको आधारमा केही सुझाव दिन मिल्छ । तर सम्पूर्ण काम कारवाही बोर्डले नै अघि बढाउनुपर्नेमा उनको जोड रहेको छ। सरकारी अस्पतालमा जनशक्ति र औषधीको कमी भएको बिषय पनि स्वीकार गरेका छन् ।

त्यसकारण आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो निर्णय नै देशभरका अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेको बताए। उनले नेपालका सरकारी अस्पतालहरू २५ वर्ष पहिलेको जनशक्तिबाट चलिरहेको पनि बताए।

विनाजनशक्ति केही हुँदैन। २५ वर्ष पहिलेको जनशक्तिले चलिरहेको छ। अस्पतालको माग धेरै छ तर जनशक्ति छैन। विना जनशक्ति उपकरण पठाए पनि के गर्ने, कसले चलाईदिने ?,  उनले भने। यसपालि अस्पतालहरूमा जनशक्ति बढाउन प्रधानमन्त्री र अर्थमन्त्री पनि सकारात्मक रहेको मन्त्री यादवले बताए।

आगामी आर्थिक बर्षका लागि स्वास्थ्य बीमा बोर्ड मार्फत सेवा प्रवाह हुन ७।५ अर्ब विनियोजन भएको जुन हालका बीमित व्यक्तिहरुद्बारा लिईरहेको सेवा उपभोगदर अनुसार कमी हुन आउने उनले बताए ।

उपचारमा ढिलासुस्ति हुन नदिनका लागि उच्चस्तरीय संयन्त्रद्बारा नियमित स्थलगत अनुगमन र निरीक्षण भैराखेको छ। स्वास्थय बीमामा गलत अभ्यास गरेर बीमितलाई दुख दिएको अस्पतालहरुको सम्झौता खारेज गर्ने चेतावनी समेत दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*