नेपाल आइडल सिजन ५ का उत्कृष्ठ ४ जनाको सानिमा रिलायन्सद्वारा निःशुल्क बीमा

१० असार २०८१, सोमबार १२:००

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल आइडल सिजन–५ का चार जना उत्कृष्ठ प्रतिस्प्रर्धीहरुको निःशुल्क बीमा गरिदिएको छ ।

कम्पनीले शनीबार साझ सम्पन्न भएको सिजन ५ का टप ४ जना उत्कृष्ठ प्रतिस्प्रर्धीहरुको जनही १५ लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा गरिदिएको हो ।

नेपाल आइडल सिजन ५ को विजेता करण परियार बन्न सफल भएका छन् । शनिबार भएको फाइनलमा सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियारले उपाधि जितेका हुन् ।

कम्पनीका अध्यक्ष रतन लाल केडियाले विजेता करण परियार, फर्स्ट रनरअप सलोनी गुरुङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा र मोहित भुजेललाई जनही १५ लाख रुपैयाँको म्यादि जीवन बीमा हस्तान्तरण गरेका हुन् ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*