किसान र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार रोक्का

१० असार २०८१, सोमबार १०:२४

काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । दुबै कम्पनीहरु आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएसँगै निर्देशिकामा व्यवस्था भए अनुसार कारोबार रोक्का गर्न लागेका हुन् ।

लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पाेरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा रहने कम्पनीले जनाएको छ ।

साथै डाटा माइग्रेशन प्रयोजनका लागि असार २६ गते दुईवटै संस्थाको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*