मिडिल मोदी हाइड्रोपावरले असार २५ गतेदेखि हकप्रद बिक्री गर्ने
१० असार २०८१, सोमबार ०९:२६
काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले असार २५ गते देखि हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले हालसम्म कायम शेयरधनीहरूका लागि १ शेयर बराबर ०.६०२४ को अनुपातमा हकप्रद बिक्री गर्ने भएको हो । कम्पनीले असार २५ देखि साउन १३ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद बिक्री गर्ने जनाएको छ ।