प्रतिकित्ता २४० रुपैयाँमा यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा
१० असार २०८१, सोमबार ०८:३२
काठमाडौं । यनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४९ हजार ७०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २४० रुपैयाँमा सो शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको सुन्धारास्थित कम्पनीको प्रधान कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।