७७.४ प्रतिशत पुग्यो नेपालको साक्षरता दर, पुरुष र महिलाको कति ?

९ असार २०८१, आईतवार १८:३५

काठमाडौँ । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२।२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको हो ।

पुरुषको साक्षरता दर ८५.८ प्रतिशत रहेको छ भने महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ । यो तथ्यांक अनुसार महिलाको तुलानामा पुरुष साक्षरता दर बढी रहेको छ ।

१५ वर्ष र सोभन्दा माथिको साक्षरता दर भने ७२.५ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षरता दर ६४.१ प्रतिशत र पुरुषको साक्षरता दर ८२.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

प्रदेशगत रुपमा ५ वर्ष र सोभन्दा माथिको साक्षरता दरलाई हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा रहेको छ भने सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । गण्डकीमा ८३.४ प्रतिशत साक्षरता रहेको छ । मधेशको साक्षरता दर ६८.३ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*