प्रभू महालक्ष्मीद्धारा क्यान्सर पीडित खत्रीको परिवारलाई पाँच लाख दावी भुक्तानी

९ असार २०८१, आईतवार १७:४४

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा रुकुम पश्चिमले क्यान्सर पीडित एक महिलाई विमांक बापतको रकम दावी भुक्तानी दिएको छ । आइतबार कार्यालयमै बोलाएर क्यान्सर पीडित बाँफीकोट गाउँपादिका ८ दुलीकी रमिता खत्रीको परिवारलाई विमांक बापत प्राण घातक रोग क्यान्सरको लागि ५ लाखको चेक हस्तान्तरण गरेको हो । इन्स्योरेन्सका शाखा प्रमुख ब्यूँझना पुन देवकोटाले क्यान्सर पीडित रमिताको श्रीमान मानबहादुर खत्रीलाई चेक हस्तान्तरण गरेका हुन् ।

रमिताले केही वर्ष पहिले छोरी ममता केसीको जिवन किरण बीमा योजना अन्तर्गतको बीमा गरेकी थिइन्। बीमा गर्दा छोरीको प्रस्तावकको रुपमा रहेकाले उनलाई पुरक करार सम्झौता अनुसारको प्राण घातक रोग बापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख देवकोटाले जानकारी दिए। क्यान्सर पीडित रमिताको विगत ३ महिनादेखि बाँकेको खजुरा क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

अप्ठेरो परिस्थितीमा आर्थिक रुपमा सहज हुने भएकाले बीमा गर्नु महत्वपूर्ण पक्ष रहेको तथा सबैले आफ्नो र परिवारको स्वास्थ्य सुरक्षाको निम्ति बीमा गर्न आवश्यक रहेको शाखा प्रमुख देवकोटाले बताइन् । बीमा गरे बापत क्यान्सर, कोमा, मृगौला फेल लगायतका विभिन्न १५ वटा प्राण घातक रोगको लागि विमांक बापतको रकम पाउने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*