७७ करोड लगानीमा विश्व बैंकले पोखरामा सडक स्तरोन्नति गर्ने
९ असार २०८१, आईतवार १३:३७
काठमाडौँ । विश्व बैंकको ७७ करोड आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ । पोखरा महानरपालिका–१७ दोबिल्लाबाट सुरु भएर बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको हो ।
सडक आगामी तीन सय ९० दिनमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विश्व बैंकको ७७ करोड ६८ लाख ९२ हजार आठ सय ३७ लागत सहयोगमा दुईवटा खण्डमा सडक निर्माण हुने छ ।
परियोजनाअन्तर्गत करिब १२ दशमलव ४४ किलोमिटर सुविधासम्पन्न सडक निर्माण हुनेछ ।