एनआईसी एशिया लघुवित्तका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत
९ असार २०८१, आईतवार १३:३६
काठमाडौं। एनआईसी एशिया लघुवित्तका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार ७ गते बसेको .सञ्चालक समिति बैठकले अध्यक्ष उनको राजिनामा स्वीकृत गरेको हो ।
पौडेल सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।