बेस्ट एक्सचेञ्ज हाउसको लाइसेन्स खारेज हुँदै, लेनदेन बाँकी भएकालाई हिसाब मिलाउन आग्रह

९ असार २०८१, आईतवार ११:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजत पाएको बेस्ट एक्सचेञ्ज हाउस प्रा.ली. ठमेल, काठमाडौंको इजाजतपत्र (लाइसेन्स) खारेज हुने भएको छ ।

कम्पनी आफैँले खारेजीका लागि निवेदन दिएपछि राष्ट्र बैंकले सोही अनुरूप प्रक्रिया अघि बढाएको हो । उक्त खारेज हुन लागेको बेस्ट एक्सचेन्ज हाउसँग कुनै व्यक्ति वा संघसंस्थाको मजिचेञ्जरसँग सम्बन्धित लेनदेन बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको वेदेशी विनिमय व्यस्थापन विभागमा लिखित रूपमा जानकारी दिन आग्रह गरिएको छ ।

उक्त म्यादभित्र लिखित रूपमा जानकारी प्राप्त हुन नआएमा कम्पनीको लाइसेन्स खारेज गरी बैंक जमानत फुकुवा भईजाने राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*