बैंकको खराब कर्जा ८ प्रतिशतसम्म जान सक्ने बैंकर्स संघका अध्यक्ष केसीको प्रक्षेपण
काठमाडौं । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) ८ प्रतिशतसम्म जान सक्ने बताएका छन् । आइतबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै अध्यक्ष केसीले केही प्राविधिक कारणका बिच गलत अभियानले पनि बैंकहरुको लगानी उठ्न नसकेको बताए ।
बैंकहरुको लगानी उठ्न नसक्नुमा सरकार पनि जिम्मेवार छ । ऋण तिर्दैनौँ तिर्न हुँदैन जस्ता गलत अभियान चल्दै गर्दा सरकारले सुनेको नसुन्यै गर्यो । यसले गलत मनसाय बोकेका र ऋण तिर्न नपरे हुन्थ्यो भन्नेहरूलाई आत्मबल मिल्यो । कतै ऋण मिनाहा हुन्छ कि तिर्न पर्दैन कि भन्ने मनोभावले पनि काम गरेको देखिन्छ । अर्कोतर्फ प्राविधिक कारण कोभिड-१९ को महामारीले शिथिल अर्थतन्त्र उठाउन बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह गरे ।
यसले पनि अहिले अप्ठ्यारो पारेको अवस्था छ अध्यक्ष केसीले भने,’बढी भन्दा बढी लगानी यतिबेला कन्स्ट्रक्सन क्षेत्र फसेको छ । यस्तै, कृषि क्षेत्रमा पनि ठुलै लगानी रोकिएको अवस्था छ । साना, घरेलु तथा मझौला (एसएमईज्) क्षेत्र पनि केही लगानी फसेको अवस्था छ ।’
Aafno manchhe ra karmachriharulai kina 1,2% ma rina dinchha re ta kuro ke ho?