नेपाल बैंकले विभिन्न व्यक्तिको नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै
९ असार २०८१, आईतवार १०:२७
काठमाडौं। नेपाल बैंकले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुको जग्गा लिलामका लागि ३५ दिने समय दिएको छ । बैंकले यी बैंकको नाममा रहेको सम्पत्ति ३५ दिन भित्र चुक्ता नभए लिलामी गर्ने जानकारी दिएको छ।
बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र सोले चर्चेको समपूर्ण लिगलगापात समेत जेजस्तो अवस्थामा छ, सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागिएको हो ।
सूचना प्रकाशित भएको १५ दिनमा गप्य शिलबन्दीमार्फत घरजग्गा खरिद गर्न चाहनेले बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।