गत साता फाइनान्समा देखिएको उत्सुकता यो साता देखिएला त ?

९ असार २०८१, आईतवार १०:१२

काठमाडौं । बिहीबार धेरै मूल्य बढ्नेमा पनि फाइनान्स कम्पनी अगाडि रहेको थियो । केही दिनयता फाइनान्स समूहको सूचकले यसैगरी नेप्सेलाई बेवास्ता गरी बढिरहेको छ ।हाल फाइनान्स सूचक १६ महिनायताकै उच्चतम विन्दुमा पुगेको छ । यो सूचक हाल २३४० अंकमा पुगेको छ, जुन अंक १० फागुन २०७९ यताकै उच्च हो ।

पछिल्लो ७ महिनामा फाइनान्स सूचकको वृद्धिदर आक्रामक देखिएको छ । मंसिर ५ गते फाइनान्स समूहको सूचक १५८५ अंकमा थियो । त्यसयता ४७।६ प्रतिशतले यो सूचक बढिसकेको छ । हाल बजार घट्दा पनि यो सूचकको वृद्धिमा निरन्तरता देखिनुले कारोबारी यस क्षेत्रमा सक्रिय रहेको देखिन्छ ।

केही फाइनान्स कम्पनीको मूल्य सात महिनामै दोब्बर भएको छ । ७ महिनाअघि प्रतिकित्ता २७८ रुपैयाँ मूल्य रहेको नेपाल फाइनान्स अहिले ७६० नाघेको छ । सोही अवधिमा पोखरा फाइनान्सको मूल्य ३२५ बाट बढेर ६१९ रुपैयाँ पुगेको छ । न्यून फाइनान्समा पनि लोक्याप कम्पनीको मूल्य उच्च दरमा बढेको छ । सर्वसाधारणमा सबैभन्दा धेरै सेयर जारी गरेको मञ्जुश्रीको मूल्यवृद्धिदर सबैभन्दा न्यून देखिन्छ ।

समग्र बजार बढ्न नसकेका बेला कहिले माइक्रोफाइनान्स त कहिले फाइनान्स कम्पनीहरुको मूल्य छोटो समयमा उच्च दरले बढ्दा कारोबारीले नाफा लिँदै आएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*