मध्य कालिगण्डकी हाइड्रोपावरका लागि जुट्यो लगानी

७ असार २०८१, शुक्रबार १८:३७

काठमाडौँ । आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको मध्य कालिगण्डकी हाइड्रोपावरका लगानी जुटेको छ ।  शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ६६.३ मेघावाटको आयोजनाका लागि वित्तीय सहायता सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ज्ञानेन्द्र प्रशाद ढुंगाना र हाइड्रो सपोर्ट प्रालिका अध्यक्ष चन्द्र ढकालले हस्ताक्षर गरेका हुन् । सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नविल बैक लिमिटेडले गरेको छ भने अन्य सहभागि बैकहरूमा एभरेष्ट बैक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य वैक र प्रभु बैक लिमिटेड रहेका छन् ।

निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजीबाट जुटाइएको छ । इक्विटीमा आईएमई समुह र सर्वसाधारणको लगानी रहने छ। सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये नविल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैक, प्रत्येकले १ अर्ब रूपैयाँ रहने छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले यो प्रोजेक्टले उक्त ठाउँका बासिन्दालाई रोजगारको अवसर प्रदान हुने बताए । उनले भने, ‘एक एक ठुलो योजना हो । यो प्रोजेक्टले सो हाइड्रोपावरका स्थानिय बासिन्दा स्वरोजगार बन्ने अपेक्षाद राखेका छौं । यो प्रोजेक्टले सजिलै अनि समयमै लगानी फिर्ता गर्न सक्ने क्षमता राख्छ ।’

त्यस्तै, अध्यक्ष ढकालले नबिल बैक लगायत सवै बैंकहरुलाई धन्यवाद दिदै प्रोजेक्टको आफ्नै विशेषता रहेको बताए । यो प्रोजेक्ट निकै उत्तम रहेको भन्दै समयमा नै सम्पन्न हुने विश्वास दिलाए । ‘यो प्रोजेक्ट सडक नजिकै भएका कारण धेरै कुरामा सजिलो भएको र उक्त योजनाको विद्युत सजिलै भारत लगायत अन्य देशमा बिक्री गर्न सजिलो रहेको छ’ ढकालले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*