बीमा प्राधिकारण लुम्बिनी प्रदेशद्वारा जीवन बीमा कम्पनीका प्रमुखसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

७ असार २०८१, शुक्रबार १७:०२

काठमाडौँं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा कम्पनीका प्रमुखहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले प्रदेशमा रहेका निर्जीवन बीमा कम्पनीहरुका समस्या समाधान गर्ने उदेश्यले प्रमुखहरुसँग छलफल गरेको हो ।

उक्त कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख पूर्ण बहादुर थापा रहेका थिए । अन्तरक्रिया कार्यक्रममा जीवन बीमा ब्यवसाय गर्ने बीमकका प्रदेश प्रमुख र बीमा प्राधिकरणका कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख थापाले बीमा प्राधिकरणले लुम्बिनी प्रदेशमा देखिएका समस्या तथा समाधानका विषय र बीमा प्राधिकरणले बीमकबाट गरिएको अपेक्षाका बारेमा बताएका छन् ।

प्राधिकरणले निम्नअनुसार रहेका समस्याहरुको समाधान गर्ने उद्देश्यले आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

१ उजूरी तथा गुनासो सम्बन्धी समस्या
– घातक रोग लागि सकेका ब्यक्तिको जीवन बीमा गराएको उजूरी पर्न आएको
– गलत सूचना दिएर जीवन बीमा गराएको उजूरी परेको
– तोकिएको समय सीमा अवधि भित्र उजुरीको प्रति उत्तर प्राप्त नहुने
– प्राधिकरणबाट भएको फैसलाको आधारमा उस्तै प्रकृतिको दाबीमा समेत दाबी भुक्तानी नदिने देखिएको
– उजुरीको विषयवस्तुसँग सम्बन्धित जवाफ पेश नगरेको पाईएको

२ मध्यस्थकर्ता ब्यवस्थापनमा देखिएका समस्याहरु
– बीमा अभिकर्ताहरुलाई पूर्ण बीमा सम्बन्धी ज्ञान तथा तालिम प्रदान नगरी बीमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन पेश हुने गरेको
– गलत सूचना प्रचार प्रसार गरी बीमा गराएको
– एउटा कम्पनीको बीमा अभिकर्ता भई काम गर्दा गर्दै अर्को कम्पनीमा काम गर्नका लागि अनुमती मागेको
– बीमा अभिकर्ताबाट बीमितको बीमाशुल्क रकम अपचलन भएको ।
– बीमितले तिर्नु पर्ने बीमाशुल्क बीमा अभिकर्ताको खाताबाट भुक्तानी गरेको
– घातक रोग लागेका ब्यक्तिको पनि बीमा गराउने गरेको
– बीमा अभिकर्तालाई बीमालेखको विषयबस्तुको बारेमा जानकारी नै नहुनु ।

३ प्रदेश कार्यालयमा देखिएका समस्याहरु’
– प्रस्ताव फाराम पुरा नभरीकन बीमालेख जारी गरेको ।
– ग्राहाक परिचय पत्र पूर्ण रुपमा नभरेको ।
– बीमितको आयश्रोत खुल्ने कागजात नभएको ।
– समयमै आवश्यक कागजात उपलब्ध गराउन नसकेको ।
– निर्देशिका तथा निर्देशन पालना भएको नदेखिएको ।
– प्राधिकरणको प्रादेशिक कार्यालयसँग बीमकको प्रदेश कार्यालय विच समन्वयको अभाव रहेको
– बीमकको प्रदेश कार्यालयलाई प्रशासनिक, आर्थिक तथा दाबीको अधिकार प्रत्यायोजन नभएको
– शाखा स्वीकृति लिएको तर शाखा नखोलेको
– शाखा कार्यालयहरुको संरचना, कर्मचारीहरु तथा पूर्वाधार नभएको
– बीमकहरुले नियमित रुपमा अभिकर्ता, कर्मचारीहरुको विकास लगायत अन्य शिर्षकमा गर्नुपर्ने तालिम नगरेको
– म्गmmथ ब्नभलत तथा कर्मचारी राख्ने गरिएको पाइएको
– एकलाख भन्दा माथिको कारोबार नगदमा भएको देखिएको

४ प्राधिकरणले बीमकहरुबाट गरिएको अपेक्षा
– बीमकले अण्डराइटिङ्ग सम्बन्धी ब्यवस्थालाई पालना गर्नु पर्ने ।
– बीमितको आयश्रोत एकिन गर्ने कागजातको आधारमा बीमालेख जारी गर्नु पर्ने ।
– ऐन नियम निर्देशिका तथा निर्देशनको पालन गर्नु पर्ने ।
– बीमकले संस्थागत सुशासनलाई पालना गर्नु पर्ने ।
– बीमकले बीमा दावी भुक्तानी सम्बन्धी आउने गुनासोलाई समयमै समाधान गर्नु पर्ने ।
– बीमा अभिकर्ताको कारणले आउने समस्यालाई निराकरण गर्ने तर्फ पहल गर्नु पर्ने।
– जोखिम मूल्याङ्कन सम्बन्धी नियम पालना गर्नु पर्ने ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*