हिमालयन लाइफ नेपालगंजद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको उप प्रादेशिक कार्यालय नेपालगंजले बीमित स्वर्गिय सरिता तेलीको दावी वापतको पाँच लाख ३९ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
बीमा दावी बापतको रकम कम्पनीको उप प्रादेशिक कार्यालय नेपालगंजका उप प्रदेश प्रमुख उमेश ठाकुरले बीमितका इच्छाएका व्यक्ति डुडुवा गाउपालिका ४ बाके, शाहपुर्वा गाउका सञ्जय तेलीलाई हस्तान्तरण गरेको हो । बीमितले जारी बीमालेखको २ किस्ता बापतको रकम बुझाएका थिएँ । उक्त बीमालेख ५ लाखको यस हिमालयन लाइफ इ. लि. (साविकको यूनियन लाइफ इ.क.लि), नेपालगंज शाखाबाट जारी भएको थियो ।
बीमा दावी भुक्तानी कार्यक्रममा शाखा प्रमुख दिपक चालिसे लगायत वरिष्ठ एजेन्सि मेनेजर निरज कुमार भट्ट तथा ऐजेन्सि मेनेजर राज कुमार शर्मा, सन्त कुमार मौर्य, विकास यादव सहित स्थानीय बासीन्दाहरुको उपस्थिती रहेको थियो । साथै, बीमाको महत्तव तथा बीमाको जनचेतनाको बारेमा सबै उपस्थितहरुलाई उप प्रदेश प्रमुख ठाकुरले सन्देश समेत दिएका थिए ।