राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क आर्जन बढ्यो, नाफा घट्यो

३२ श्रावण २०७८, सोमबार १७:३८

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा ४ दशमलव ७१ प्रतिशत घटेर ५ करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा संस्थानले ५ करोड ९० लाखरुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थानले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चौथौ त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोष २४ दशमलव २३ प्रतिशत बढेर ३२ अर्ब ९३ करोड ६१ लाख १९ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, संस्थानको जगेडा कोष पनि १९ दशमलव ६९ प्रतिशत बढेर ३४ करोड २१ लाख ३० हजार रुपैयाँ र चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ।

यस अवधिसम्ममा संस्थानको खुद बीमा शुल्क आर्जन ७ दशमलव ३२ प्रतिशत बढेर ७ अर्ब ५८ करोडरुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थानको खुद बीमा शुल्क आर्जन ७ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म संस्थानको दिर्घकालिन लगानी तथा कर्जा २१ दशमलव २३ प्रतिशत बढेर १० अर्ब ९३ करोड २९ लाख ६५ हजार रुपैयाँ गरेको छ । बीमालेख धितो कर्जा ६६ दशमलव ७१ प्रतिशत १ अर्ब ४३ करोड ३९ लाख २६ हजार रुपैयाँ लिएका छन् ।

संस्थानले गत असार मसान्तसम्म दाबी भुक्तानी १३ दशमलव ६७ प्रतिशत बढेर ३ अर्ब १९ करोड ८७ लाख ७८ हजार रुपैयाँ गरेको छ ।संस्थानको अभिकर्ता कमिशनवापत गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा २६ करोड ८८ लाख ४७ हजार रुपैयाँ खर्चिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*