अभियान लघुवित्तको चौंथो वार्षिक साधारण सभा सम्पन्न, सम्पूर्ण प्रस्ताव पारित

७ असार २०८१, शुक्रबार १२:४७

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथों वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा असार ६ गते बिहीबारका दिन ताम्राकार पार्टी भेन्यु, पनौती नगरपालिका वडा –४, काभ्रेपलाञ्चोकमा उक्त सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा तयार पारिएको विवरण पारित गरेको छ । साथै, सोही सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित गरेको छ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गरिसकेको थियो । तसर्थ जेठ २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाएका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*