पछिल्लो ९ महिनामा रिलायन्स सुगर एण्ड केमिकलको व्यापार करिब साढे एक अर्ब
काठमाडौँ । रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्राइभेटले करिब साढे एक अर्बको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा एक अर्ब ६२ करोड १० लाख रुपैयाँको व्यापार गरेको देखिएको छ । जुन सन् २०२२ को तुलनामा ०.६२ प्रतिशतले बढी हो । सन् २०२२ मा भने कम्पनीले एक अर्ब ६१ करोेड १० लाख रुपैयाँको व्यापार गरेको हो ।
यता, सन् २०२१ मा भने कम्पनीले ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । रिलायन्स शुगर एण्ड केमिकल इन्डस्ट्रिज प्राइभेट लिमिटेड सन् १९९९ मा ममकौर सुगरको रुपमा स्थापित भएको थियो । कम्पनीले प्रति दिन ३,५०० टन क्रसिङ उखु क्रसिङ क्षमता रहेको छ । कम्पनीको दक्षिणपूर्वी नेपालको बारा जिल्लाको कलैयाको मनहर्वामा मात्र चिनी उत्पादन गर्ने एकाइ छ । आरएससीपीएल त्रिवेणी समूह र शिव शक्ति समूहको संयुक्त स्वामित्वमा रहेको छ ।