नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रूपैयाँसम्म बोनश पाउने

७ असार २०८१, शुक्रबार ११:५२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ९ वर्षदेखि अधिकतम २९ वा सो भन्दा माथि अवधिका बीमालेखले न्युनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउने छन् ।

यसका साथै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत न्युनतम ९ वर्ष देखि अधिकतम २९ वा सो भन्दा माथिको अवधि भएका बीमालेखमा बीमितले न्युनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ प्रतिहजारका दरले बोनश पाउनेछन् ।

साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ९ वर्षदेखि अधिकतम २९ बर्ष वा सो भन्दा माथिको अवधिका बीमालेखहरुमा बीमितले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँ सम्म बोनश पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*