गोरखा सेभिङ एण्ड क्रेडिटको अपरेटिभलाई समस्याग्रस्त घोषणा
७ असार २०८१, शुक्रबार ११:१२
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले संस्थालाई समस्याग्रत घोषणा गरेको हो ।
मन्त्रालयले सहकारी ऐनको दफा १०४ अनुसार समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व राफसापको लागि सोही ऐनको दफा १०५ अनुसार गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको छ ।
तत्कालीन गोरखा डेभलपमेन्ट बैंक घोटालमा संलग्न डम्बरबहादुर बम्जन तामाङ र उनका दाजु तेजबहादुर तामाङ सहित सञ्चालक र पूर्वसञ्चालकले आफ्न्त र विभिन्न व्यक्तिका नाममा लिएको ऋण वर्षौंदेखि भुक्तानी नगर्दा सहकारीमा समस्या देखिएको थियो ।