जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन २९ प्रतिशतले बढ्यो, नयाँ कम्पनीहरुको व्यवसाय वृद्धिदर उच्च

३२ श्रावण २०७८, सोमबार १६:४२

काठमाडौं । चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो चौथौ त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन २९ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीकोबीचमा पनि जीवन बीमा कम्पनीहरुले खुद बीमाशुल्क आर्जन वृद्धि गर्न सफल भएको कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ।

 

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार गत आवको असारमसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ९१ अर्ब ७० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा पुराना बीमा कम्पनीहरुभन्दा नयाँ बीमा कम्पनीको बीमा व्यवसायमा उच्च सुधार देखिएको छ । पुरानो जीवन बीमा कम्पनीहरुको तुलनामा नयाँ जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तारमा आक्रामक र बृद्धिदर उच्च देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा नयाँ कम्पनीहरु नै अगाडि देखिएका तथ्याङ्कले सपष्ट देखाएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा सबैभन्दा धेरै प्रतिशतले बीमा व्यवसाय गर्न सफल भएको छ । १० नयाँ जीवन बीमा कम्पनीको वृद्धिदर जीवन बीमा कम्पनीहरुको व्यवसायको वृद्धिदरको औषतभन्दा बढी छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको व्यवसायको वृद्धिदर औषत भन्दा कम छ ।

गत आर्थिक वर्षमा सानिमा लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क बढाएको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको तुलनामा १३३ दशमलव ८० प्रतिशतले बीमाशुल्क वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ८२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ९३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।
दोस्रोमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेको
छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९९ प्रतिशतले बढाएर २ अर्ब ७३ करोड रुपैयाँ पुराउन सफल भएको छ।
त्यस्तै, तेस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा ८८ प्रतिशतले खुद बीमाशुल्क आर्जन बढाएर २ अर्ब ९५ करोड रुपैयाँ पुराउन सफल भएको छ ।

त्यस्तै, रिलायन्स लाइफले ८३ प्रतिशत, सिटिजन लाइफले ८१ दशमलव ०४ प्रतिशत, सन नेपाल लाइफले ७७ प्रतिशत, ज्योति लाइफले ६५ दशमलव ६७ प्रतिशत, गुराँस लाइफले ६५ दशमलव ५ प्रतिशत, सूर्या लाइफले ४६ दशमलव ९६ प्रतिशत र यूनियन लाइफ ४५ प्रतिशतले खुद बीमाशुल्क आर्जन वृद्धि गर्न सफल भएको छ।
नेशनल लाइफले ३२ दशमलव ९५ प्रतिशत, एशियन लाइफले २७ दशमलव ८१ प्रतिशत, महालक्ष्मी लाइफले २५ दशमलव ७६ प्रतिशत, प्राइम लाइफले २२ दशमलव ७५ प्रतिशत, मेट लाइफले २० दशमलव ९६ प्रतिशत, नेपाल लाइफले २० दशमलव ७८ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले १४ दशमलव ९० प्रतिशत र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ७ दशमलव ४३प्रतिशतले खुद बीमाशुल्क आर्जन वृद्धि गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*