पेटमा लुकाएर ल्याएको साढे १५ करोडको कोकिन बरामद, ४ विदेशी प्रहरी नियन्त्रणमा

६ असार २०८१, बिहीबार १८:४०

काठमाडौँ । पेट र टाँकमा लुकाएर ल्याएको साढे १५ करोडको कोकिन प्रहरीले बरामद गरेको छ । प्रहरीले १५ करोड ७६ लाख मूल्यको ४ किलो ५ सय ४ ग्रामस लागुऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

विभिन्न मुलुकबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्दै जाने क्रममा उनीहरूलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको हो । जेठ २७ गते फ्लाइ दुबईको उडानबाट नेपाल आएका वर्ष ६८ का तान्जिनियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई काठमाडौं( १६ ठमेलस्थित एक होटलबाट अवैध लागुऔषध कोकिन १८ क्याप्सुलसहित पक्राउ गरिएको थियो । उक्त प्लास्टिक कोडेट कोकिनका क्याप्सुलहरू इथियोपियाको एडिस अबबा पुगी निलेर काठमाडौं आएको पाइएको हो ।

अनुसन्धानको क्रममा पेटमा थप क्याप्सुल रहेको बताएपछि हालसम्म निजबाट ५९ क्याप्सुलहरु समेत गरी ७७ वटा कोकिनका क्याप्सुलबाट १ केजी २६० ग्राम बरामद गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*