मिर्मिरे लघुवित्तको एक महिने व्यवसाय प्रबर्द्धन तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

३२ श्रावण २०७८, सोमबार १६:३२

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुलाई तालिम प्रदान गरेको छ ।

संस्थाले शाखा प्रमुखहरुको लागि व्यवसाय प्रबद्र्धन तथा शाखा व्यवस्थापन तालिम साउन ३० गते शनिबार सम्पन्न गरेको हो । बोनिया क्षेत्रीय कार्यालय प्रमुख बेद प्रकाश आचार्यको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

शााखाका प्रमुखहरुलाई व्यवसाय प्रबद्र्धन, कम्प्युटर लेखा प्रणाली, कर्मचारीहरुको काम कर्तव्य अधिकार लगायतका विषयहरुमा सहजिकरणका लागि मिर्मिरे लघुवित्तले तालिम कार्यक्रम संचालन गरेको हो ।

लघुवित्तले साउन महिनाभरी १४८ वटा शाखाका शाखा प्रमुखहरु तथा अनुगमन प्रमुखहरुलाई बर्दिबास, अमरगढी, कैलाली, चितवन, झापा र धुलिखेल लगायतका क्षेत्रहरुमा उक्त तालिम प्रदान गरेको हो ।

साउन महिनाभरी संस्थाले सबै शाखाका शाखा प्रमुख र अनुगमन प्रमुखहरुलाई दिएको व्यवसाय प्रबद्र्धन तथा शाखा व्यवस्थापन तालिमले कर्मचारीहरुलाई दक्ष बनाउनेमा संस्थाका कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने विश्वस्त रहेको बताएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*