प्रतिकित्ता कतिमा किन्न सकिन्छ फाइनान्सको शेयर ? (सूचीसहित)

६ असार २०८१, बिहीबार १६:४७

काठमाडौँ । पछिल्लो समय फाइनान्स कम्पनीको शेयर मूल्यमा निरन्तर रौनक देखिन थालेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकनै ओरालो लाग्दा समेत फाइनान्स कम्पनीको शेयर मूल्य भने बढ्दो क्रममा रहेको हो ।

बिहिबार कारोबारमा आएका १५ फाइनान्स मध्य ११ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको हो भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । साथै, आज बेष्ट फाइनान्सको शेयर प्रतिकित्ता १.५२ प्रतिशत अर्थात् ७ रुपैयाँले घटेर ४५३ रुपैयाँ पुगेको हो । फाइनान्समा आएको सुधारले लगानीकर्ताको आँखा सोहि सेक्टरमा जान थालेको छ ।

फाइनान्समा सबैभन्दा कम शेयर मूल्य प्रोशेसिभ फाइनान्सको रहेको छ । कम्पनीको शेयर प्रतिकित्ता ४०१ रुपैयाँमा नै किन्न सकिन्छ । त्यस्तै, रिलायन्स फाइनान्सको शेयर प्रतिकित्ता ४०५ रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको प्रतिकित्ता ४१७.५ रुपैयाँ र समृद्धि फाइनान्सको प्रतिकित्ता ४३४.५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*