यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
६ असार २०८१, बिहीबार १५:२३
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ को विन्दुमा कायम भएको छ ।
बिहीबार कालिका लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । आज उक्त कम्पनीको शेयरमूल्य ७.७१ प्रतिशतले बढेर ११६० मा कारोबार भएको छ । त्यस्तै, आज बाराही हाइड्रोपावरको ६.६३ प्रतिशतले बढेको छ ।