कुश्मामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको उपशाखा
६ असार २०८१, बिहीबार १४:०५
काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पर्वतको कुश्मामा उपशाखा सञ्चालनमा ल्याएको छ । बीमा प्राधिकरण, गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालले उपशाखाको उद्घाटन गरेका गरे ।
माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक शिवप्रसाद पौड्यालले विषयवस्तु माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा कुश्मा उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा जीवन बीमा कम्पनीका प्रमुख, महिला सन्जाल, शिवालय मावि कुश्माका प्रधानाध्यापक, कम्पनीका कर्मचारी अभिकर्ता, एजेन्सी मेनेजर लगायतको सहभागिता थियो ।