अभियान लघुवित्तका तत्कालिन सीईओ अधिकारी र सञ्चालकहरुले कति बुझे तलवभत्ता ?

६ असार २०८१, बिहीबार १२:५८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार अधिकारीले १६ लाख रुपैयाँबढी तलबभत्ता वापत बुझेका छन् ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तत्कालिन सीईओ अधिकारीले आर्थिक वर्ष २०७८।०७९मा तलवभत्ता वापत उक्त रकम बुझेका हुन् ।

कम्पनीले पारित गरेको चौथों वार्षिक साधारणको विवरण अनुसार सीईओ अधिकारीले एक आर्थिक वर्षमा तलवभत्ता बापत १५ लाख २६ हजार रुपैयाँ, संचार खर्च वापत २० हजार रुपैयाँ, दशै भत्ता वापत १ लाख २० हजार रुपैयाँ गरी कुल १६ लाख ६६ हजार चार सय रुपैयाँ बुझेका छन् ।

साथै, उक्त आर्थिक वर्षमा सञ्चालक समितिको बैठकभत्ता वापत तीन लाख ५५ हजार र सञ्चालकको संयोजकत्वमा गठीत समितीहरुले १ लाख १७ हजार रुपैयाँ बुझेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*