सांसद हरि ढकालको आक्रोसः धितोपत्र बोर्ड हो कि ढिलोपत्र बोर्ड ? अध्यक्ष भाग लगाउने बेला भएन ?

६ असार २०८१, बिहीबार १२:२५

काठमाडौँ । प्रतिनिधि सभाका सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्ड ढिलोपत्र बोर्ड भएको सरकारले प्रमाणीत गरेको बताएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् ।

उनले भने, नेपालको पुँजी बजारमा ६५ लाख लगानीकर्ता प्रत्यक्ष लगानी गर्छन् । जसको नियामक बनेको नेपाल धितोपत्र बोर्डलाई मैले पुहोर तिर ढिलोपत्र बोर्ड भनेको थिए । सरकारले प्रमाणित गरि दिएको छ । धितोपत्र बोर्ड ढिलोपत्र बोर्ड हो भनेर

चैत २५ गते पाकेको धितोपत्र बोर्डको अध्यक्ष अब भाग लगाउने बेला भएन भनेर उनले प्रश्न गरे । ‘गत पुष २१ गतेदेखि बोर्डका अध्यक्ष छैन । माघ ३ गते बसेको मन्त्रीपरिषद्ले अध्यक्ष सिफारिस समिति बनाउँछ । फागुनमा अध्यक्ष माग हुन्छ जसमा १९ जनाको आवेदन पर्छ’ उनले भने, ‘चैत २५ गते पाँच जनाको नाम सिफारिस हुन्छ । चैत २५ गतेदेखि पाकेको खिचडि अब त भाग लाउने बेला भयो होला नि ? कति बेर लगाएको हो । छिटो बोर्ड अध्यक्ष चयन होस् । २२ अर्बको कारोबार भएको क्षेत्रलाई प्रत्यक्ष असर गरेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*