प्रभु महालक्ष्मी लाइफको ४.२३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
६ असार २०८१, बिहीबार ०७:३३
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको चार लाख २३ हजार ७२५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो । यो शेयर किन्न इच्छुक सर्वसाधारणले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।