सामान्य अंकले बढ्यो शेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता, कारोबार भने खुम्चियो
५ असार २०८१, बुधबार १५:१२
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को विन्दुमा कायम भएको छ ।
बुधबार नेप्सेमा कारोबार भएका ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भई तीन अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
शेयर बजार बढेसँगै अधिकांश उपसूचकहरुमा हरियाली छाएतापनि केही उपसूचकहरु चाँही राताम्मे बन्न पुगेका छन् । बुधबार बैंकिङ्ग, माइक्रोफाइनान्स, ननलाइफ लगायतका उपसूचकहरुमा हरियाली छाएको छ ।
बुधबार कारोबार भएका कम्पनीहरुमध्ये १३५ वटा कम्पनीको शेयरमूल्य बढेको छ । साथै, आजै १०४ कम्पनीको शेयरमूल्य घटेको छ । बुधबार नेपाल फाइनान्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।.