धितोपत्र बोर्डका तीन जना प्रत्याशितले गरे पुनः परीक्षा बहिष्कार, छनौट प्रक्रिया रद्द होला ?

५ असार २०८१, बुधबार ११:३३

काठमाडौ । नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदका तीनै जना उम्मेदवारहरुले अन्तरवार्तामा पुनः अनुपस्थित जनाएका छन् । अर्थ मन्त्रालयले गत आइतबार उपस्थित नभएका ३ जनालाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि आज अर्थात असार ५ गते ९ बजे फेरी बोलाएको थियो । तर आज पनि ३ जना उम्मेद्वार अनुपस्थित भएका हुन् ।

प्रमुख दावेदार डा. नबराज अधिकारी, चिरञ्जीवी चापागाँई, कृष्ण बहादुर कार्की राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ, अर्थ सचिव मधु मरासिनी र विज्ञ सदस्य उदय निरौलाले लिने प्रस्तुतिकरणमा उपस्थित भएनन् ।

हालसम्म धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिले लिएको परिक्षामा दुई जना सहभागीसन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठको आइतबार नै अन्र्तवार्ता भइसकेको छ। ५ जनामध्ये २ जना मात्रै अन्तरवार्तामा उपस्थित भएपछि अध्यक्ष पदका लागि मन्त्रीपरिषदमा ३ जनाको नाम पठाउन नमिल्ने भएको छ ।

अन्तरवार्ताको लागि बोलाइएका तीन जना अनुपस्थित भएपछि धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया थप पेचिलो बन्न पुगेको छ ।

One thought on “धितोपत्र बोर्डका तीन जना प्रत्याशितले गरे पुनः परीक्षा बहिष्कार, छनौट प्रक्रिया रद्द होला ?

  1. Dp Pandey says:

    देश मा योग्य मान्छे छैनन्. Yauta योग्य मान्छे chhanna nasakne नालायक सरकार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*